images
images
  • बीपी राजमार्गमा राति सवारी आवागमन रोक

    काठमाडौं– बीपी राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।

    प्रशासनका अनुसार, आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म र भोलि साँझ ५ बजेदेखि पर्सि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।

    त्यसैगरी, जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन आवागमनमा निषेध गरेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images