काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोगमा निवेदन दिएको छ ।
पार्टीका दीप तामाङका अनुसार प्रस्तावित चुनाव चिह्न ‘जाँतो’ राखिएको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरू नयाँ पार्टीमा समाहित भएका छन् ।
तर रेशमलाल चौधरी संरक्षक रहेको पुरानो पार्टीबाट ढकिया चिह्नमा निर्वाचित सांसदहरू र स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























