images
images
  • नेपाल विद्युत् प्राधिकरणले भारतबाट २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पायो

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पाएको छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात स्वीकृति नवीकरण गरेको हो ।

    प्राधिकरणले देशभित्र खपतपश्चात अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) र द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहारमा बिक्री गर्दै आएको छ ।

    भारतीय प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि निर्यात भइरहेको छ ।

    आइएक्समा बिक्री अनुमति पाएका चार आयोजनाबाट १०३ मेगावाट विद्युत् बिक्रीका लागि स्वीकृति विभिन्न मितिमा सकिएको थियो ।

    अब करिब एक वर्षका लागि सबै आयोजनाको निर्यात अनुमति नवीकरण भएको छ ।

    द्विपक्षीय सम्झौताअनुसार हरियाणामा करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको छ, र अब यी चार आयोजनाबाट उत्पादित विद्युत् आइएक्समार्फत निरन्तर बिक्री गर्न पाइनेछ ।

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा सहभागी हुँदै ऊर्जा मन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेट गरी निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images