images
images
  • देशका मध्यदेखि पूर्वी भू–भागमा बिहानैदेखि वर्षा, अपराह्नमा भारी वर्षाको सम्भावना

    काठमाडौं– काठमाडौं उपत्यका र देशका मध्यदेखि पूर्वी भूभागमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ ।

    काठमाडौंमा अहिले मध्यम वर्षा भइरहेको छ ।

    पछिल्लो २४ घन्टामा उदयपुरगढीमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४ र तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ ।

    वर्षा गण्डकी, बागमती, कोशी र मधेसका अधिकांश जिल्लामा भइरहेको छ ।

    मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अहिलेको वर्षा पश्चिमी वायुको गतिविधिका कारण भइरहेको हो, मोन्था आँधीको आंशिक प्रभावले वर्षा थपिएको छ ।

    मोन्थाको प्रभाव अपराह्न पूर्ण रूपमा सक्रिय हुने छ ।

    विशेषगरि मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा र उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना छ ।

    मौसमविद् विनोद पोखरेलले आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा हुने अनुमान गरेका छन् ।

    विपद् विज्ञ धर्म उप्रेतीका अनुसार वर्षा लगातार जारी रहन सक्छ र शुक्रबार बिहान अझ बढ्ने देखिन्छ ।

    जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्क रहन र गोरखा, नवलपुर, नवलपरासी, रूपन्देहीमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

    कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा मौसम जानकारी नियमित रूपमा अपडेट गर्न सुझाव दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images