काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियारको परीक्षण तुरुन्तै पुनः सुरु गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उनले यो कदम अन्य देशहरूले निरन्तर परमाणु परीक्षण गरिरहेकाले समान प्रतिस्पर्धाका लागि आवश्यक भएको बताएका छन् ।
ट्रम्पले अमेरिकालाई परमाणु शक्तिमा पहिलो स्थानमा, रुस दोस्रो र चीन तेस्रो स्थानमा रहेको बताए ।
रुसले हालै ‘पोसेइडन’ सुपर टर्पेडो र ‘बुरेभेस्टनिक’ क्रूज मिसाइलको सफल परीक्षण गरेको थियो ।
अमेरिकी सैन्य विश्लेषकका अनुसार ट्रम्पको कदम केवल प्रविधि तयारी मात्र नभई रणनीतिक सन्देश पनि हो ।
अमेरिकाले सन् १९९२ पछि प्रत्यक्ष परमाणु परीक्षण गरेको थिएन ।
ट्रम्पले रक्षा मन्त्रालयलाई दिएको निर्देशनबारे दक्षिण कोरियामा चीनसँगको व्यापार वार्तामा पत्रकारले प्रश्न गरे पनि उनले जवाफ दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















