images
images
  • सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दाको सुनुवाइका लागि पेशी तोकियो

    काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने उक्त मुद्दामा बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनीहरूले बिगो रकम दाखिला गरेर थुनामुक्त हुन माग गरेका थिए ।

    तर, रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

    सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    अदालतले दुवै मुद्दा संयुक्त रूपमा राखी सुनुवाइ गर्ने आदेश दिएको थियो ।

    सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ ।

    लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका छन् ।

    जोशीले पनि त्यति नै रकमको जमानत पेस गरे पनि उनीहरूको व्यक्तिगत बिगो यकिन नभएकाले अदालतले रिहा नगर्ने आदेश गरेको थियो ।

    हाल लामिछाने ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images