images
images
  • पतञ्जलि जग्गा प्रकरणमा मुछिएका माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं– पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनामाथि दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ ।

    न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा मुद्दा सुनुवाइ हुनेछ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपाललगायतलाई प्रतिवादी बनाउँदै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

    तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिई सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ ।

    २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठक र माघ १८ गतेको ठाडो आदेशमार्फत ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा हस्तान्तरण भएको दाबी अभियोगपत्रमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images