images
images
  • रोल्पामा जीप दुर्घटना : एक जनाको मृत्यु

    बुटवल– रोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चालक सुनछहरी गाउँपालिका–६, बस्ने ३२ वर्षीय थम्मन रोकामगर छन् ।

    अन्य तीनजना घाइते भएका छन् ।

    रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरबाट किलाचौर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जीप धुलेओडारमा गएराति १० बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते हुनेहरूमा लुंग्री–७ का ४० वर्षीय खिमबहादुर पुन, लुंग्री–४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी छन् ।

    इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीका अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको छ ।

    सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

    जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images