images
images
  • ओली सत्ताबाट अपदस्त, एमालेसँग विद्रोहको औचित्य पुष्टि : नेपाल

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।

    आज सुरु भएको केन्द्रीय समिति बैठकमा उनले भने, ‘एमालेमा हाम्रो विद्रोहले औचित्य पुष्टि गरेको छ । पार्टीको हरेक बैठकले यसलाई स्वीकृति दिएको छ । विद्रोह गरेर हामीले कुनै गल्ती गरेका छैनौँ ।’

    अपदस्त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेन्जी आन्दोलनले सत्ताको कुर्सीबाट हुत्याउनु नै एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको नेपालले दाबी गरेका छन् ।

    यसैबीच, सम्मानित नेता झलनाथ खनालले भने विद्रोहको औचित्य पुष्टि हुनुपर्ने औचित्य औंल्याउँदै पार्टी एकता तत्काल सम्भव नभएको बताएका छन् ।

    खनालले कार्यगत एकता र विचार, सिद्धान्त, नीति तथा संगठनमा समानता आएपछि मात्र पूर्ण एकता सम्भव हुने उल्लेख गरे ।

    उनले चार वर्षसम्म पनि नेतृत्वले विद्रोहको औचित्य पुष्टि नगरेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images