images
images
  • इजरायलले गाजामा फेरि गर्यो भीषण हमला, ३३ जनाको मृत्यु (अपडेट)

    काठमाडौं– इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ ।

    इजरायलले गाजा शहरसँगै, बेत ला र खान युनिस सहितका केही अन्य शहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो ।

    हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

    इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि आक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका शर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् ।

    उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ ।

    उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ ।

    यसअघि मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिइएको उल्लेख थियो ।

    तर, आक्रमणको निर्देशन दिनुको कारण भने खुलाइएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images