काठमाडौं– नुवाकोटको धुनिवेशी–१ बन्चरे कुण्डुमा स्थानीयको आन्दोलनका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द भएको छ ।
वडाध्यक्ष मानबहादुर तामाङका अनुसार, पुराना सम्झौता अनुसारका माग पूरा नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयले फोहोर विसर्जन रोक्दै ल्यान्डफिल साइट पुगेका गाडी फिर्ता पठाएका छन् ।
महानगरपालिकाकी सरिता राईले फोहोरका गाडी रोकिएको र आवश्यक कार्यका लागि प्रहरीलाई सूचित गरिएको बताइन् ।
स्थानीयका मागमा बन्चरेडाँडाका बस्ती ३–४ हजार मिटर पर सार्ने, फोहोरलाई कुहिने–नकुहिने छुट्याएर मल कारखाना सुरु गर्ने, र गुठी जग्गाको ९० प्रतिशत उपभोग गर्न पाउने समावेश छन्, तर अहिलेसम्म कुनै पनि माग पूरा भएको छैन ।
प्रतिक्रिया दिनुहोस्























