images
images
  • ट्रम्प दक्षिण कोरिया जाँदै, उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टाअघि उत्तर कोरियाले अर्को मिसाइलको परीक्षण गरेको छ ।

    ट्रम्प दक्षिण कोरियाको यात्रामा छन् ।

    उनले त्यहाँ एसिया प्यासिफिक आर्थिक सहयोगको बैठकमा भाग लिनेछन् ।

    उत्तर कोरियाले जमिनबाट हावामा मार हान्ने मिसाइलहरूको परीक्षण गरेको दाबी गरेको छ ।

    बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षणलाई उत्तर कोरियाको परमाणु हतियारहरूलाई वैधानिकता दिने प्रतीकात्मक प्रयासको रूपमा हेरिएको छ ।

    सरकारी सञ्चार माध्यमका अनुसार, मिसाइलहरूलाई सिधा माथितिर प्रक्षेपण गरिएको थियो ।

    ती लगभग सात हजार ८०० सेकेन्डसम्म हावामा रहेका थिए ।

    संचारमाध्यममा ट्रम्पले यो भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नसक्ने भनिए पनि हालसम्म भेटवार्ता हुने/नहुने यकिन छैन ।

    आज ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेटवार्ता गर्ने बताइएको छ ।

    दक्षिण कोरियालाई अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिने दबाब परेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images