images
images
  • सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार गर्नका लागि सरकारले आज (बुधबार) पहिलो पटक राजनीतिक दल र ’जेनजी’का प्रतिनिधिहरूसँग संयुक्त छलफल आयोजना गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज ४ बजे बस्ने त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दलका नेताहरू र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताएका छन् ।

    उनले निर्वाचन सफल बनाउन सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको बताएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यसअघि कात्तिक ४ गते सर्वदलीय बैठक बसेको थियो ।

    जसमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबै पक्ष सकारात्मक भएका थिए ।

    सरकारले निर्वाचनको तयारीस्वरूप सबैखाले काम अगाडि बढाएको छ भने निर्वाचन आयोगसँग पनि निरन्तर छलफल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images