images
images
  • हिमपातमा फसेका ७५० जनाको उद्धार

    काठमाडौं– मनाङमा हिमपातमा फसेका ७५० जनाको उद्धार गरिएको छ ।

    मनाङ घुम्न गएका उनीहरूलाई तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका ९ स्थित खाङसारमा सुरक्षित ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    यस्तै ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षित राखिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    मनाङ घुम्न गएका केहीलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि सुरक्षित फर्कने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    त्यसैगरी काठमाडौं महानगरपालिका ३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस् अवस्थामा उद्धार गरिएको छ ।

    तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा एक्कासि लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको फौजले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।

    मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भू-भाग खोज तथा उद्धार तालिम सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरूको उद्धारमा सहजता भएको थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images