काठमाडौं– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आगामी निर्वाचनको पक्षमा उभिँदै तयारी थाल्ने निर्णय गरेको छ ।
पार्टीको सचिवालय बैठकपछि उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ मतदाता दर्ता अभियान चलाइरहेकाले उक्त प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टीका सबै संरचना र जनसंगठनहरूलाई निर्देशन दिइएको छ ।
बैठकले वर्तमान राजनीतिक सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा तथा निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच संवाद र सहकार्य अघि बढाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























