images
images
  • विपीन जोशी जीवित नरहेको इजरायली सेनाद्वारा पुष्टि

    काठमाडौं– हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ ।

    इजरायलको रक्षा बल (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत् इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकीबहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूलाई विपिनको निधनको औपचारिक जानकारी दिएका हुन् ।

    राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भने ।’

    अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविरामपछि आज केही जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम भए पनि, २० जनाको सूचीमा विपिनको नाम छैन ।

    कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए ।

    गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए ।

    जसमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

    सन् २०२३ नोभेम्बर १७ मा उनी अन्तिम पटक गाजाको अल शिफा अस्पतालमा देखिएका थिए ।

    त्यसपछि उनको अवस्था अज्ञात रह्यो ।

    गत बुधबार विपिनको पुरानो भिडियो सार्वजनिक भए पनि उनको अवस्थाबारे स्पष्ट जानकारी थिएन ।

    सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेका थिए र हाल उनीहरू अमेरिकामा रहेका छन् ।

    लामो समयदेखि सरकारका कूटनीतिक प्रयासहरू जारी रहे पनि त्यसमा ठोस प्रगति हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images