काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आज (असोज २७) ‘जेनजी’ प्रतिनिधिले छलफल गर्दै छन् ।
अन्तरिम मन्त्रिपरिषद् विस्तार, आफूहरूका माग पूरा हुन नसकेको बारेमा उनीहरूले राष्ट्रपति पौडेलसँग छलफल गर्न लागेका हुन् ।
गएको शनिबार (असोज २५) राष्ट्रपति पौडेलसँग जेनजीले वार्ता गर्ने भनिएको थियो ।
तर, उनी बिरामी परेकाले वार्ता हुन सकेको थिएन । त्यसपछि वार्ता आजका निम्ति निर्धारण गरिएको थियो ।
आज राष्ट्रपति भवन शीतलनिवासमा जेनजी प्रतिनिधिसँग छलफल हुने बताइएको छ । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्























