काठमाडौं– हमासले आफू सँग २० जना बन्धक जीवित रहेको पुष्टि गरेको छ ।
आइतबार वाल स्ट्रिट जर्नलका अनुसार हमासले यी जीवित बन्धकलाई रिहा गर्न तयार रहेको जानकारी दिएको छ, तर बन्धकहरूको नाम सार्वजनिक गरिएको छैन ।
रिपोर्ट अनुसार, हमासले अरब मध्यस्थकर्ताहरू मार्फत यी बन्धकलाई इजरायलमा रिहा गर्न पठाउने सन्देश दिइसकेको छ ।
हमासले आइतबार मध्यरातअघि बन्धकहरूलाई रिहा गर्ने विश्वास गरिएको छ ।
इजरायलले यसअघि नै २० जना बन्धक जीवित रहेको र दुई जनाको अवस्था अज्ञात रहेको जनाएको थियो ।
बाँकी २६ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ, तर हमासले यसबारे कुनै पुष्टि गरेको थिएन ।
अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न सुरु गरेको बताइएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्