images
images
  • पूर्वसभामुख कृष्णबहादुर महरा भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ

    काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार जारी विज्ञप्तिमा महरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

    महरा २०७९ सालमा विद्युतीय चुरोट (भेप) प्रयोग गरी ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अनुसन्धानमा थिए ।

    उनी लगातार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई उक्त सुन छुटाउन दबाब दिनेको अभियोगमा पनि छन् ।

    यसअघि २०८० चैतमा पनि महरालाई प्रहरी नियन्त्रणमा लिइएको थियो ।

    gold 1760267131

    प्रतिक्रिया दिनुहोस्

    images