images
images
  • प्रधानमन्त्री कार्कीले अझै टुंग्याउन सकिनन् जेन्जी मन्त्रीको नाम

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्‌मा चारजना ‘जेनजी मन्त्री’ थप्ने खबर आधिकारिक नभएको र आफूले खण्डन गरेकी बताएकी छन्। केही मिडियामा गणपति लाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमलाई नियुक्त गर्ने भनिएको समाचार आएका थिए ।

    जेनजी समूहका युवाहरूले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसँग छलफल बिना मन्त्री नियुक्त गर्ने तयारीप्रति असन्तुष्टि जनाएका थिए ।

    कार्कीले भने, अहिलेसम्म कुनै आधिकारिक निर्णय भएको छैन र सल्लाहपछि मात्रै निर्णय गरिनेछ । उनी जेनजी आन्दोलनका घाइते वा मृतक परिवारका सदस्यलाई मन्त्री बनाउन पनि खुल्ला रहेको बताएकी छन् ।

    सरकार र जेनजी अगुवाबीच भोलि राष्ट्रपति कार्यालयमा वार्ता हुने तयारी छ ।

    हिजो राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थताका कारण वार्तामा सहभागी हुन सकेनन्, तर आज डिस्चार्ज भइसकेका छन् ।

    हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ र परराष्ट्र, स्वास्थ्य, खेलकुद, पर्यटनजस्ता मन्त्रालयहरू खाली रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images