
काठमाडौं– जेन्जी आन्दोलनका क्रममा राज्यद्वारा गरिएको दमनमा नयाँबानेश्वरमा १७ र सुनसरीमा २ गरी १९ युवाको मृत्यु भएको आज (२३ असोज) एक महिना पूरा भएको छ ।
२३ भदौको प्रदर्शनपछि देशभर हिंसा फैलिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
एक महिनापछि बिहीबार ओलीले देशलाई अस्थिरता र गृहयुद्धतर्फ धकेल्ने चेतावनी दिँदै सरकार र जाँचबुझ आयोगको प्रतिवेदन अस्वीकार गर्ने घोषणा गरे ।
उनले निर्वाचनबारे सरकारसँग कुनै योजना नभएको र एमालेले पनि सहयोग नगर्ने बताए ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश व्यक्त गर्दै ओलीले संसद् पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाउने घोषणा गरे ।
त्यस्तै, तत्कालीन गृहमन्त्री रमेश लेखकले सबै राजनीतिक दलले उत्तेजना, आग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
उनले जेन्जी पुस्ताले उठाएका मागहरू लोकतान्त्रिक मूल्य र विधिको शासनका आधारमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्