काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ ।
पार्टीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीभित्रका आन्तरिक व्यवस्थापनका विषय, जेनजी आन्दोलनपछि पार्टीको अवस्था, र आउँदो केन्द्रीय कमिटी बैठकका एजेन्डाहरूमा छलफल हुनेछ ।
त्यस्तै, अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासी संगठनका अध्यक्षहरूसँग भएको भर्चुअल बैठकको जानकारी पनि बैठकमा प्रस्तुत गर्ने छन् ।
बैठकमा वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचन सम्भावनाका विषयमा पनि छलफल हुने बताइएको छ ।
अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दिशा पार्टीले सक्रिय पहल गर्ने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























