काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेसँग सम्बद्ध युवा संघलाई काठमाडौंमा मोटरसाइकल र्याली र सभा आयोजना गर्न रोक लगाएको छ ।
युवा संघले शनिबार मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो ।
तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुस वा सभा जस्ता कार्यक्रम गर्ने अनुमति नदिइएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























