काठमाडौं– नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेका केही नेताहरूको अहंकार हटेको नदेख्दा दुःख लागेको बताए ।
काठमाडौंमा सञ्चारकर्मीहरूसँगको संवादमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै भने, “हिजो सत्ता नेतृत्व गर्ने केही नेताहरूको अहंकार अझै कायम छ । जनताको भावना भन्दा आफ्नै अहंकारलाई प्राथमिकता दिनु देशका लागि दुर्भाग्यपूर्ण हो ।”
उनले जेनजी युवाहरूको माग सम्बोधन गर्न पार्टीले मार्गचित्र तयार गरेको र माओवादीले उक्त मागलाई समर्थन गरेको पनि बताए ।
साथै, विगतमा सत्तामा हुँदा कांग्रेस र एमालेले अहंकार देखाएको कारण अहिलेको परिस्थिति आएको र चेतावनी दिए पनि सरकार नसुनेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्























