images
images
  • बन्धक रिहा र मृतकको सूचीमा छैन विपीनको नाम ! (सूचीसहित)

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्म रिहा हुने बताएका छन् ।

    हमासले दुई वर्षअघि इजरायलका २५१ जनालाई अपहरण गरी गाजा लगेको थियो ।

    हाल ४८ जना अझै बन्धक छन् ।

    जसमा करिब २० जना जीवित रहेको विश्वास गरिएको छ ।

    त्यसमध्ये एक इजरायली सैनिक हादार गोल्डीनको शव सन् २०१४ देखि गाजामै राखिएको छ ।

    सीएनएनका अनुसार इजरायली सरकारले बाँकी बन्धकहरूमध्ये २६ जनाको मृत्यु पुष्टि गरेको छ ।

    जबकि तामिर निम्रोदी र बिपिन जोशीको अवस्था अझै अनिश्चित छ ।

    जीवित ठानिएका सबै पुरुष छन्, एकबाहेक सबै २०–३० वर्ष उमेरका, अघिल्ला सम्झौताअन्तर्गत महिला, बालबालक र ५० वर्षमाथिका पुरुषहरूलाई रिहा गरिएको थियो ।

    मृतकमा इनबार हेम्यान नामकी एक महिला पनि छिन् ।

    अज्ञात अवस्थामध्ये ११ जनालाई नोभा म्युजिक फेस्टिभलबाट, आठ जनालाई दक्षिणी इजरायलका किबुत्जिमबाट र तीन जना सैनिकलाई सैन्य आधार र ट्याङ्कीबाट अपहरण गरिएको थियो ।

    untitled

    प्रतिक्रिया दिनुहोस्
    images
    images