काठमाडौं– मन्त्रिपरिषद्ले नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
बिहीबार बसेको बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
राठौरलाई प्रशासन विभाग (नक्साल), चतुरवेदीलाई मधेश प्रहरी कार्यालय (जनकपुरधाम), श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा (टंगाल) र विकलाई सुदूरपश्चिम प्रहरी कार्यालय (धनगढी) मा सिफारिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























