images
images
  • कांग्रेस पदाधिकारी बैठक उपसभापति खड्काको अध्यक्षतामा पार्टी कार्यालयमा जारी

    काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

    सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार, दिउँसो १ बजे बोलाइएको बैठक आधा घण्टा ढिलो सुरु भएको हो ।

    सभापति देउवा जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित निवास बाहिर कुटपिटमा परेका थिए र घाउमा १२ टाँका लागेको छ, जस कारण बैठकमा उपस्थित हुन सकेनन् ।

    बैठकले असोज २६ का लागि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्नेछ ।

    बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालासमेत सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images