काठमाडौं– पश्चिम किनारमा जारी जैतुनको फसल सङ्कलनका क्रममा इजरायली बस्तीका बासिन्दाले गरेका ४०० भन्दा बढी आक्रमणबाट मानवीय क्षति हुनुका साथै ४ हजारभन्दा बढी जैतुनका रूख तथा बिरुवामा क्षति पुगेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनमा यस वर्षको जैतुन फसल सङ्कलन अवधिमा भएका आक्रमणको सङ्ख्या विगतका सबै फसल सङ्कलन अवधिको तुलनामा बढी रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनमा प्यालेस्टाइनको अधीनस्थ क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायता टोलीलाई उद्धृत गर्दै यस वर्ष पश्चिम किनारमा जैतुन सङ्कलन गर्ने किसान तथा उनीहरूको कृषि उत्पादनमाथि आक्रमणका घटना बढेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















