images
images
  • उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

    मुस्ताङ– उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।

    लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले गाउँपालिकाको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् ।

    उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सार्ने गरिएको छ ।

    लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार हिउँदयाममा अत्यधिक चिसो र हिमपातका कारण विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा असर पर्ने भएकाले विद्यालयलाई बेसी सारिएको हो ।

    चालु शैक्षिक सत्रको अन्त्यपछि गर्मीयाम सुरु हुँदा विद्यालय पुनः साविककै स्थानमा फर्कनेछन् ।

    लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्ज्वल चापागाईँका अनुसार गाउँपालिकाका तीन सामुदायिक र चार संस्थागत विद्यालय बेसी झरेका छन् ।

    सामुदायिकतर्फ दिव्यदीप माध्यमिक विद्यालय, छोनुप झिन्जु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयले घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

    त्यस्तै, मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि बेसी झरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images