काठमाडौं– इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएको छ ।
मंगलबारदेखि इजिप्टमा भएको गोप्य वार्तापछि दुई देशबीच युद्धविरामको सम्झौता भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
दुई देशबीच युद्धविरामको सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
गाजा शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव अगाडि सारेका थिए ।
उक्त प्रस्तावमा हमास सहमत भएपछि युद्धविरामको सम्झौता भएको उल्लेख गरिएको छ ।
युद्धविरामपछि आमनागरिकले खुसीयाली मनाइरहेका भिडियोहरूसमेत सामाजिक सञ्जालमा आउन थालेका छन् ।
७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















