images
images
  • इजरायली बन्धकहरू चाँडै रिहा हुनेछन् : ट्रम्प

    काठमाडौं– अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा इजरायल र हमास दुवै सहमत भएपछि इजरायली बन्धकहरू ‘छिट्टै’ रिहा हुने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    हमासको नियन्त्रणमा एक नेपाली विपीन जोशीसहित करिब २० जना जीवित बन्धक रहेका अनुमान गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल–हमासबीचको सहमतिको घोषणा गर्दै सबै बन्धकहरू छिट्टै मुक्त हुने र इजरायलले सहमत रेखासम्म सेनाहरू फिर्ता गर्ने बताएका छन् ।

    उनले यसलाई “विश्वका लागि ऐतिहासिक र महत्वपूर्ण दिन” को रूपमा वर्णन गरे ।

    ह्वाइट हाउसले पनि भिडियोमार्फत बन्धकहरू छिट्टै रिहा हुने पुष्टि गरेको छ ।

    इजरायली बन्धक परिवारका सदस्यहरूले ट्रम्प र उनको प्रशासनप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    अमेरिकी अधिकारीका अनुसार, इजरायली क्याबिनेटले सम्झौता अनुमोदन गरेपछि ७२ घण्टाभित्र बन्धकहरू रिहा गरिनेछ ।

    त्यस्तै, हमासले सम्झौता अनुसार रिहा गरिने प्यालेस्टिनी बन्दीहरूको सूची इजरायल पक्षलाई हस्तान्तरण गरेको जनाएको छ ।

    यसबीच, ट्रम्पले आगामी दिनहरूमा इजरायल भ्रमण गर्ने सम्भावना रहेको बताएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनलाई संसद् (नेसेट) मा सम्बोधन गर्न औपचारिक निमन्त्रण दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images