images
images
  • यात्रामा हुनुहुन्छ ? यी सडक छन् अवरुद्ध (सूचीसहित)

    काठमाडौं– अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् ।

    बिहान ८ बजेकाे अवस्था अनुसार ९ स्थानका सडक पूर्ण रूपमा बन्द छन् भने ३ सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् ।

    प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला–४ बरुण र मकालु–१ एकुवामा सडक अवरुद्ध भएको छ ।

    मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा र पाँचथरको तुम्बेवा गाउँपालिका–नावाखोला सडक पनि पूर्णरूपमा बन्द छन् ।

    बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड–२ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेको रोशी खोलामा पर्ने बीपी राजमार्गका बिभिन्न स्थान (माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेत) र सिन्धुलीको सुनकोशी–१ नेपालथोक सडक अवरुद्ध भएका छन् ।

    कर्णाली प्रदेशमा हुम्लाको कर्णाली करिडोर (खर्पुनाथ–५ कुरिल्ला) र कालिकोटको पचाल झरना–८ जुगेनी खोलाको सडक पूर्ण रूपमा बन्द छ ।

    यसैबीच, कोशी लोकमार्ग अन्तर्गत साँगुरीगढी–१ चनौटे, ६ घण्टे र सिमसुवामा तथा बागमती प्रदेशको कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी–८ वगुवा खोला र बकैया–११ घटेपाखामा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    nepal Road and Highways cover

    प्रतिक्रिया दिनुहोस्
    images
    images