images
images
  • देउवाको अनुपस्थितिमा कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे कुपण्डोलस्थित एक होटलमा बस्दैछ ।

    सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् ।

    मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक अनौपचारिक भएकाले देउवा उपस्थित नहुने हुन् ।

    देउवा अनुपस्थित रहने भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।

    देउवाका स्वकीय सचिव भानु देउवाले पनि बैठक अनौपचारिक भएकाले सभापति सहभागी नहुने बताए ।

    बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा, महाधिवेशन तयारी र आगामी निर्वाचनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images