भक्तपुर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरको सूर्यविनायक–७, गुण्डुमा आयोजना गरिएको विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रममा ओलीले हाल देशमा देखिएका असामान्य राजनीतिक परिस्थिति र नेता–कार्यकर्ताको भूमिकाबारे धारणा राख्ने जनाइएको छ ।
कार्यक्रममा महासचिव शंकर पोखरेललगायत पार्टीका विभिन्न तहका नेताहरूको सहभागिता रहने जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























