images
images
  • यी हुन् रसायनशास्त्रतर्फ नोबेल पुरस्कार विजेता ३ वैज्ञानिक (नामावलीसहित)

    काठमाडौं– सन् २०२५ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापानी वैज्ञानिक सुसुमु कितागावा, बेलायती रिचर्ड रोबसन र जोर्डनमा जन्मिएका ओमर एम. याघीलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

    रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले उनीहरूलाई मेटल–अर्गानिक फ्रेमवर्क (एमओएफ) को विकासमा गरेको योगदानका लागि यो सम्मान प्रदान गरेको हो ।

    तीन वैज्ञानिकले धातु आयन र अर्गानिक अणुहरूलाई जोडेर ठूला खाली ठाउँ भएका क्रिस्टल संरचना विकास गरेका हुन्, जसले ग्यास, पानी वा अन्य रसायनहरू सजिलै भण्डारण र प्रशोधन गर्न सक्छ ।

    एमओएफ प्रयोग गरी मरुभूमिको हावाबाट पानी संकलन, कार्बन डाइअक्साइड अवशोषण, विषालु ग्यास भण्डारण लगायत कार्य सम्भव भएका छन् ।

    नोबेल समितिका अध्यक्ष हेइनर लिंकेका अनुसार, “मेटल–अर्गानिक फ्रेमवर्कहरूले नयाँ कार्यक्षमता भएका सामग्री विकास गर्ने असीमित सम्भावना खोलेका छन् ।”

    कितागावा जापानको क्योतो विश्वविद्यालयका प्राध्यापक हुन्, रोबसन अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने याघी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images