images
images
  • भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा १५ जनाको निधन

    भारत– भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मंगलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको निधन भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो ।

    केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो ।

    बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए ।

    मृतकमध्ये ९ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।

    राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

    अन्य बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार कार्य बुधबार पनि जारी रहेको प्रहरीले जनाएको छ ।

    गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको छ ।

    वर्षाले कमजोर पहाडी भूभागहरूलाई अस्थिर बनाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images