काठमाडौं– जेन-जी आन्दोलनका क्रममा जलेका सिंहदरबार परिसरका सवारीसाधन आजदेखि ठूला उपकरण प्रयोग गरेर हटाउन थालिएको छ ।
आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चारवटा ठूला उपकरण प्रयोग गरेर हटाउन थालिएको विभागले जनाएको छ ।
हालसम्म दुई सयवटा चारपाङ्ग्रे र चार सय दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ ।
जलेका सवारीसाधन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राखिएको छ ।
सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस्























