images
images
  • ग्लोबल आइएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

    काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्यअनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ ।

    यस योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले बचत सुरुआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

    यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।

    यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम दुई वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

    ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति व्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

    यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

    मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफँैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ ।

    साथै, ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन् ।

    उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि रहेको छ ।

    राउन्डअप सेभिङअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।

    यस राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प रहेका छन् ।

    यस राउन्डअप सुविधा ग्राहकले आफनो आवश्यकता अनुरुप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् ।

    साथै, विकल्पहरू पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् ।

    नियरेस्ट टु छनोट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ ।

    उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने एक रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

    फ्ल्याट रकम विकल्पमा छनोट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ ।

    जस्तै– १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

    प्रतिशत विकल्प छनोट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ ।

    जस्तै १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।

    उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

    यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् ।

    साथै, उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नेछन् ।

    साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाईल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ ।

    आफनो ‘गोल बेस्ड सेभिङ’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत् हेर्न सक्ने सुविधा समेत रहेको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको वेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images