काठमाडौं– दशैं बिदाअघि आइतबारको अन्तिम कारोबार दिन नेप्से ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा रोकियो । ब
जार ०.४३ प्रतिशतले उक्लिए पनि कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँमा सीमित रह्यो ।
अन्तरिम सरकारले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर बजारमा एकल ग्राहक सीमा र बैंक–वित्तीय संस्थाको एक वर्ष ‘होल्ड’ व्यवस्था हटाउन सुझाव दिएको छ ।
लगानीकर्ताले यी सुझाव कार्यान्वयन भए बजार अझै बढ्ने अपेक्षा गरेका छन् ।
आइतबार म्युचुअल फन्ड समूह ०.९६ प्रतिशतले उकालो लाग्दा होटल, व्यापार र अन्य समूह भने घटे ।
३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता सेयर ३९ हजार ८५९ पटक खरिद–बिक्री भएका नेप्सेले जनाएको छ ।
ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















