images
images
  • नेता रावल कोटेश्वरबाट फर्किएपछि आजको कार्यदल बैठक सुरु

    काठमाडौ । नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज तेस्रो दिन पनि सिंहदरबारमा सुरु भएको छ । लगातार दुई दिनदेखि छलफलमा रहेका वार्ता टोलीका नेताहरु सहमति नजिक पुगेका छन् ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो।

    यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेपछि पर धकेलिएको थियो ।

    बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

    कार्यदलमा पार्टी मिलाउने प्रयासस्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images