काठमाडौँ । सरकारले देशभरी हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
अब निषेधाज्ञाअघिकै अवस्थामा जस्तै देशभरीका सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए।
दोस्रो पटक कोरोना संक्रमण फैलिएपछि सरकारले गएको वैशाख २० गतेदेखि आन्तरिक र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।
नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि कतिपय देशले नेपालबाट हुने नियमित उडानमा प्रतिबन्ध लगाएका छन्। अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुरु गरिने मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठका अनुसार सरकारका प्रवक्ताले यस विषयमा आज थप जानकारी दिनेछन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















