images
images
  • भारतमा कोरोना स‌क्रमित र मृत्युदर घट्दो , निको हुने दर ९७ प्रतिशत बढी

    काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो दरमा रहेको छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा अहिले भारतमा स‌ंकरमण दर निकै कम हुँदै गएको छ ।

    भारतमा हालसम्म संक्रमितको संख्या ३ करोड ६ लाख १८ हजार ९३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ७० हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ८४५ जना निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

    भारतमा कोरोना शुरु भएदेखि हालसम्म २ करोड ९७ लाख ४४ हजार ८३१ जना कोरोना भाइरस मुक्त भएका छन् ।

    भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म साढे ३५ करोड भन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images