काठमाडौ । आजको राष्ट्रियसभा बैठकमा सरकारले विभिन्न ४ वटा विधेयक पेश गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रीहरुले विधेयकलाई बैठकमा पेश गरेका हुन् ।
त्यस्तै ,कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई बैठक समक्ष पेश गरे ।
त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई बैठक समक्ष पेश गरिन् ।
बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















