images
images
  • प्रिमियर मूल्यमा ह्याम्स अस्पतालले जारी गर्दैछ आईपीओ

    काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि साउन २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पनि पारित गर्ने बताएको छ । नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images