काठमाडौं– प्रतिष्ठित ‘मदन पुरस्कार’ २०८१ का लागि उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गरिएको छ ।
मदन पुरस्कार गुठीले प्रकाशित ७ उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्दै यी पुस्तकहरूमध्ये एकलाई वर्षको सर्वोत्कृष्ट कृति घोषणा गरिने जनाएको छ ।
यस वर्ष उत्कृष्ट कृतिको सूचीमा परेका पुस्तकहरू :
१. उर्माल– छुदेन काविमो
२. छालबाटो– रमेश भुसाल
३. दज्र्य संलाप– कुमारी लामा
४. पञ्तत्ववको पालाम– मनप्रसाद सुब्बा
५. बहुरुपी– श्रेयज सुवेदी
६. भिक्षु, व्यापार र विद्रोह– सुधीर शर्मा
७. हिउँको गीत– तीर्थ गुरुङ
गुठीका अनुसार यो सूचीमा परेका पुस्तकहरू सन् २०२४ (वि.सं. २०८०) मा प्रकाशित भएका मध्ये उत्कृष्ट मूल्यांकन गरिएका कृतिहरू हुन् ।
मदन पुरस्कार नेपाली साहित्य क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक हो, जसले प्रत्येक वर्ष उत्कृष्ट नेपाली कृति चयन गर्छ ।
पुरस्कार विजेता कृति भदौ महिनाको पहिलो साताभित्र घोषणा गरिने अपेक्षा गरिएको छ ।
























