images
images
  • बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

    दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् ।

    प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए ।

    घटनामा गम्भीर घाइते भएका १२ वर्षीय तपेन्द्र सलामी र ३ वर्षीया करिश्मा सलामीलाई नगर अस्पताल दुल्लु पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घाइते ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

    घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images