images
images
  • मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा नियुक्त भएका यादवले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images