images
images
  • एनआरएनले असोजमा लगानी सम्मेलन गर्ने

    काठमाडौँ : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेष्मेन्ट समिट) आयोजना गर्ने भएको छ ।

    एनआरएन आईसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२ (असोज २५-२६) मा सम्मेलन गर्ने निर्णय गरेको आईसीसीका महासचिव बाबुराम लामाले जानकारी दिए ।

    नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने संघले जनाएको छ। सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर आवासीय नेपालीलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव लामाले बताए।

    यसैगरी अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images