काठमाडौँ : नेसनल लघुवित्त वित्तीय संस्था नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा आबद्ध भएको छ।
लघुवित्तमा कार्यरत करिब ६०० कर्मचारी यो योजनामा आबद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका हुन्।
कोषको यो योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुनसक्ने व्यवस्था छ। यसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघसंस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो। लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















