images
images
  • सरकारी कर्मचारीले अब पेन्सन नपाउने

    काठमाडौं– सरकारले २०८२/०८३ देखि नियुक्त हुने नयाँ कर्मचारीहरूलाई पेन्सन र उपदान नदिई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

    अर्थ मन्त्रालयले उक्त प्रणाली कार्यान्वयन गर्न आवश्यक तयारीका लागि सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र पठाएको छ ।

    मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्दा उत्पन्न हुने कुनै पनि वित्तीय दायित्व सरकारले नबहोर्ने स्पष्ट पारेको छ ।

    नयाँ प्रणालीअनुसार अबदेखि राज्यको तर्फबाट दीर्घकालीन पेन्सन दिने परम्परागत व्यवस्था हटाइनेछ र कर्मचारीहरूले सेवा अवधिभर योगदान गरेका आधारमा सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्

    images